राष्ट्रियसभामा एमाले र माओवादीबाट को–को दाबेदार ? (सूचीसहित)

राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवारीको गृहकार्य गरिरहेको वाम गठबन्धनले कम्तीमा ३८ र बढीमा ४१ सिटसम्म जित्न सकिने प्रारम्भिक आकलन गरेको छ । एमाले र माओवादीले सातवटै प्रदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्यको मतभारका आधारमा जित्ने सिटको प्रारम्भिक आकलन गर्दै त्यसअनुसार तालमेल गर्ने गरी छलफल अघि बढाएका छन् । नयाँ पत्रिकामा खबर छापिएको छ एमालेका आकांक्षीप्रदेश १ : अग्नि खरेल, जगन्नाथ खतिवडा, रेवती भण्डारी, हरिशरण सिवाकोटी, कालुराम खम्बू, देवेन्द्र दाहाल, तिलकुमार मेयाङ्बो, गुरु बराल, ओम कोइराला, दीपक कार्की, उमेश डाँगी, लक्ष्मीनारायण चौधरी, मणिराज राई, कर्ण घले, अगम बान्तवा, विशेश्वरा दाहाल, टुन्जा बराइली, रामलाल शाह, गंगा डाँगी, गोपाल गुरागाईंप्रदेश २ : सुमन प्याकुरेल, सुधीर साह, भोला घिमिरेप्रदेश ३ : प्रदीप नेपाल, बेदुराम भुसाल, रघुजी पन्त, विष्णु रिमाल, काशीनाथ अधिकारी, आनन्दप्रसाद पोखरेल, डा. गंगालाल तुलाधर, देवशंकर पौडेल, शिवप्रसाद भण्डारी, बालकृष्ण सिवाकोटी, देवी ज्ञवाली, शान्ति अधिकारी, सावित्रा भुसाल, सुशीला नेपाल, पार्वती रावल, जगन्नाथ आचार्य, मेघनाथ पौडेल, राजेन्द्र राजथला, प्रेम पराजुली, बाबुरत्न पोडे, सीताराम मास्के, बालकृष्ण गिरी,माओवादीका आकांक्षीप्रदेश १ : हेमराज भण्डारी, सावित्रीकुमार काफ्ले, बाबुराम गौतम र टंक राईप्रदेश ३ : रामबहादुर थापा बादल, अमिक शेरचन, गंगाबहादुर कार्की, देवी खड्का, कृष्णप्रसाद सापकोटा र विमला सुवेदीप्रदेश ४ : दीनानाथ शर्मा, रामराज रेग्मी, कोमल बराल, बलावती शर्माप्रदेश ५ : कुवेर ओली, विष्णु चौधरी, मानबहादुर बुढा, दलजित श्रीपाइली, मेघबहादुर श्रेष्ठ, चन्द्रबहादुर खड्का, जोखबहादुर महरा, सुरेन्द्र घर्ती, सीता आचार्यप्रदेश ६ : मंगल शाही, मायाप्रसाद शर्मा, उर्मिला विक, टीका बुढाथोकी, डा. केबी रोकायप्रदेश ७ : हरि चौधरी, रमा ढकाल, सहदेव बोगटी, विनिता नेपाली, पदम जोशी, कौशिल्य ओझा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?