काठमाडौँ, १ माघ- भारतीय खुफिया एजेन्सी ‘रअ’ (रिसर्च एन्ड एनालाइसिस विङ्स) को नेपाल प्रमुख भन्दै ठगी कार्यमा संलग्न ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी राजविराज–२ का रमानन्द नौनिया, दोलखा सुरी–२ का सन्तोष कार्की र विनोद कार्की, काभ्रे गागर्चे–५ का पदमबहादुर श्रेष्ठ, रामेछाप दोरम्बा–७ का चित्रबहादुर श्रेष्ठ र महाराजगन्जकी गीता महर्जन छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले पाँच महिनादेखि ‘रअ’ एजेन्ट बनाइदिने भन्दै सर्वसाधारणलाई ठग्दै आएका थिए । महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले उनीहरूले तीनदेखि चार सयजनालाई ठगेको बताए । उनीहरूले एजेन्ट बनाएबापत प्रत्येकबाट तीन लाख रुपैयाँसम्म लिएको प्रहरीको भनाइ छ,नयाँ पत्रिकामा खबर छ । प्रहरीका अनुसार उनीहरूले नेपालसम्बन्धी गोप्य सूचना संकलन गर्न ‘रअ’ले नयाँ संरचना बनाएको र त्यसको सम्पूर्ण जिम्मेवारी आफूलाई दिएको भन्दै गोप्य रूपमा सर्वसाधारणलाई फारम भर्न लगाउँथे । सम्पूर्ण कागजात लिएपछि गोप्य ठाउँमा अन्तर्वार्ता लिन्थे । प्रत्येक एजेन्टलाई प्रतिमहिना न्यूनतम ७५ हजार रुपैयाँ तलब दिने भनिएको थियो । एजेन्ट बन्न राजी हुनेले पहिलो चार महिनाको तलब सुरुमै बुझाउनुपर्ने सर्त राखिएको थियो । सर्त मान्नेसँग सुरुमै चार महिनाको तलबबापत तीन लाख रुपैयाँ लिन्थे र ‘रअ’को लेटरहेडमा नियुक्तिपत्र लेखी पठाउने गर्थे । ‘उनीहरूले सक्कलीजस्तै देखिने रअको लेटरहेड बनाएर नियुक्तिपत्र दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया