बढ्यो सुन तथा चाँदीको मुल्य, कति पुग्यो ?

कठमाडौं । नेपाली बजारमा मंगलबार सुन तथा चाँदीको मुल्यमा बृद्धि भएको छ । सोमबार प्रतितोला छापाबाला सुनको मुल्य ७१ हजार ६ सय रहेको थियो । तर आज तोलामा ४ सयले बृद्धि भइ प्रतितोला ७२ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य ७१ हजार ७ सय रहेको छ ।

त्यस्तै आज चाँदीको मुल्यपनि १० रुपैयाँले बृद्धि भएको छ । सोमबार प्रतितोला चाँदीको मुल्य ८ सय ५० रुपैयाँ रहेको थियो । आज मुल्य बृद्धि भइ प्रतितोला ८ सय ६० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?