‘रअ’को एजेन्ट बनाइदिने भन्दै ठगी

काठमाडौँ, १ माघ- भारतीय खुफिया एजेन्सी ‘रअ’ (रिसर्च एन्ड एनालाइसिस विङ्स) को नेपाल प्रमुख भन्दै ठगी कार्यमा संलग्न ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी राजविराज–२ का रमानन्द नौनिया, दोलखा सुरी–२ का सन्तोष कार्की र विनोद कार्की, काभ्रे गागर्चे–५ का पदमबहादुर श्रेष्ठ, रामेछाप दोरम्बा–७ का चित्रबहादुर श्रेष्ठ र महाराजगन्जकी गीता महर्जन छन् महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले पाँच महिनादेखि ‘रअ’ एजेन्ट बनाइदिने भन्दै सर्वसाधारणलाई ठग्दै आएका थिए महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले उनीहरूले तीनदेखि चार सयजनालाई ठगेको बताए । उनीहरूले एजेन्ट बनाएबापत प्रत्येकबाट तीन लाख रुपैयाँसम्म लिएको प्रहरीको भनाइ छ,नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?