प्रियंका कार्कीद्वारा निर्देशित पहिलो भिडियो ‘मेरै लाहुरेले’ सार्वजनिक

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको निर्देशनमा पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमार्फत कार्कीले निर्देशनमा डेब्यु गर्नुभएको हो । उहाँको निर्देशनमा ‘मेरै लाहुरेले’ भन्ने म्युजिक भिडियो सार्वजनिक भएको हो ।

बालगायिका आयुष्का खनियाँको स्वर रहेको छ । भने गीतको भिडियोमा अभिनेत्री कार्कीले प्रेमी आयुष्मान देशराज जोशीसँग रहेक छन् । अभिनयको अलवा अव निर्देशनको पाटोलाई पनि आफुलेसँगसँगै लैजाने कार्कीले बताउनुभयो । ‘धेरै पहिलेदेखि निर्देशनमा आउन चाहन्थे’ कार्कीले थप्नुभयो ‘बल्ल साइत जुर्यो ।’

लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । गीतमा नरेन्द्र बियोगीले संगीत संयोजन गर्नुभएको छ ।
शुभ मिडियाले निर्माण गरेको भिडियोको सम्पादक सन्देश शाहले गर्नुभएको हो । काठमाडौंको पार्क भिलेज रिसोर्टमा छायाँकन गरिएको भिडियोलाई सुदिप बरालले छायांकान गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?