राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारको खर्चसीमा साढे ३ लाख

काठमाडौं, १ माघ- राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारको अधिकतम खर्चसीमा तोकिएको छ । आगामी २४ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च गर्न नपाउनेगरी खर्चसीमा तोकिएको छ । निर्वाचन आयोगले आइतबार उम्मेदवारहरूको अधिकतम खर्चसीमा तोकेको हो आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरूले १० वटा शीर्षकमा बढीमा ३ लाख ५० हजार रुपैयाँ मात्रै खर्च गर्न पाउँनेछन् । यसअघि गत १० र २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्पmका उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने कानुन बनाइएको थियो, राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?