२१ असार २०७९, मंगलवार

वाम गठबन्धनले बाँडे मुख्यमन्त्री र सभामुख, चारवटा प्रदेशमा आलोपालो नेतृत्व

२०७४,माघ,१,सोमवार ०१:१६

0
Shares

काठमाडौं, १ माघ- वाम गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रद्वारा गठित संयुक्त कार्यदलले प्रदेश मुख्यमन्त्री र सभामुख बाँडफाँटको खाका तय गरेको छ । दुवै पार्टीका तीन–तीन जना सदस्य सम्मिलित कार्यदलले प्रदेशमा एक दलको मुख्यमन्त्री भए सो प्रदेशमा सभामुख अर्को पार्टीको हुनेगरी प्रारम्भिक मापदण्ड तय गरेको राजधानी दैनिकमा खबर छ दुई दलले मुख्यमन्त्री र सभामुख फरक–फरक दलको हुनेगरी सुझाव पेस गर्ने तयारी गरेका हुन् । कार्यदलको सुझाव कार्यान्वयन भए एमालेको मुख्यमन्त्री भएको प्रदेशमा माओवादी केन्द्रका तर्फबाट सभामुख हुनेछन् । उपसभामुख भने एमालेकै हुने देखिएको छ माओवादी केन्द्रको मुख्यमन्त्री भएको ठाउँमा एमालेका तर्फबाट सभामुख हुनेछन् । संवैधानिक व्यवस्थाअनुसार एउटै पार्टीको सभामुख र उपसभामुख नहुने हुँदा उपसभामुखसमेत माओवादी केन्द्रकै तर्फबाट हुनेछन् नेकपा माओवादी केन्द्रका नेता तथा कार्यदल सदस्य वर्षमान पुनले एउटा दलको मुख्यमन्त्री भएको प्रदेशमा सभामुख फरक दलको हुने र सभामुख र उपसभामुख पनि फरक दल हुनेगरी छलफल भइरहेको बताए ।

प्रकाशित मिति: २०७४,माघ,१,सोमवार ०१:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनुषा । सशस्त्र प्रहरीले धनुषाबाट ठूलो परिणाममा स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरीले जनकपुरबाट आलुको

दाङ । प्युठानमा चट्याङ लागेर दुई जना बालकको मृत्यु भएको छ । प्युठानको ऐरावती गाउपालिका–६ बिजुलीकोटमा ९ जना घाइते भएका

सिन्धुपाल्चोक । सुन्दै ज्यान नै झसङ्ग हुने नाम हो भूत । भूत भन्ने बित्तिकै मान्छेको मन तर्सिन्छ । सिन्धुपाल्चोकमा एउटा

सुर्खेत । २० जना कैदीबन्दी अट्ने जाजरकोट कारागारमा ५४ जना राख्दा व्यवस्थापनमा समस्या भएको छ । सुधारगृहको रुपमा रहेको कारगारमा

ताजा समाचार

भलिबल प्रशिक्षक चन्दको सम्मान र बिदाई
 २०७९,असार,२१,मंगलवार १७:३९
बस्यो मन्त्रिपरिषद् बैठक
 २०७९,असार,२१,मंगलवार १७:०५
सानेपामा कांग्रेस पदाधिकारी बैठक जारी
 २०७९,असार,२१,मंगलवार १६:५६