चिसोले किरिया गर्ने पनि बचेनन्, शीतलहरले १९ जनाको मृत्यु

रौतहट, १ माघ – शीतलहरका कारण रौतहटमा १९ जनाले ज्यान गुमाएका छन् । शीतलहरले १९ जनाको मृत्यु भएको प्रहरीले बताए पनि जिल्ला अस्पताल गौरले भने शीतलहरको कारण ज्यान गुमाउनेको तथ्यांक आफूसँग नभएको जनाएको छ पोस्टमार्टमका आधारमा अहिलेसम्म चिसैका कारण ज्यान गएको भन्न नमिल्ने जिल्ला अस्पताल गौरका प्रमुख कृष्णा साहले बताए । तर प्रहरीले गरेको मुचुल्काका आधारमा सो संख्यामा मृत्यु भएको प्रमुख साहले बताए आइतबार मात्रै दुई जनाको चिसोका कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ, राजधानी दैनिकमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?