८ हजार ७ सयमा नै ‘आइफोन ११’ !

काठमाडौं । अन्य ब्राण्डका स्मार्टफोन जस्तै अब आइफोन ११ पनि किस्ताबन्दीमा किन्न पाइने भएको छ । नेपालका लागी आइफोनको आधिकारीक बिक्रता जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्स र रिटेल स्टोरहरुले बैंकहरुको सहकार्यमा ग्राहकलाई मासिक किस्तामा आइफोन बिक्री गर्ने योजना ल्याएका हुन् । हाल आइफोन ११ को बजारमुल्य १ लाख भन्दा बढि रहेको छ । ग्राहकले एकै पटक त्यति ठुलो रकम जुटाउन गा्हो पर्ने गर्दछ । यसै कुरालाइ मध्यनजर गर्दै आफ्ना ग्राहकहरुलाइ आइफोनले किस्ताबन्दीको व्यबस्था आधिकारीक बिक्रेता जेनेरेशन नेक्स्ट कम्यूनिकेसनले जनाएको छ ।

नेपाली बजारमा आइफोन ११ मंसिर ६ गते शुक्रबार (नोभेम्बर २२) देखि उपलब्ध हुनेछ। साथै बिक्रेताहरुले आइफोन ११ यहि मितीबाट नै किस्ताबन्दीमा पनि दिने भएका हुन् ।

आइफोन ११ सिरिजको मासिक किस्ता योजना ग्राहकहरुले आइफोन खरिद गर्न सक्नेपनि बिक्रेताहरुले जनाएका छन् । जस अनुसार ग्राहकसँग तत्काल रकम नभएपनि मासिकरुपमा न्यूनतम ८ हजार ७ सय रुपैयाँ किस्ताबन्दीमा आइफोन ११ सिरिज प्राप्त गर्न सकिने छ ।

साथै आइफोनको मोडल र मूल्यअनुसार रकम निर्धारण हुने पनि बिक्रेताहरुले जनाएका छन् ।

ग्राहकले आइफोनको खरिदको लागी आइफोनका आधिकारिक बिक्रेताहरु मार्फत कोटेसन माग गर्नुपर्दछ । र अन्य प्रक्रियाको लागी बैंकमा जानुपर्ने जेनेरेशन नेक्स्टले जनाएको छ ।

त्यसपछि बैंकले पर्जेज अर्डर जारी गर्नेछ र त्यसको आधारमा बिक्रेताले ग्राहकलाई नयाँ आइफोन उपलब्ध गराउने छ ।

एनआईसी एसिया बैंक,नबिल बैंक, ग्लोबल आईएमई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंकर , माछापुच्छ्रे बैंक, माछापुच्छ्रे बैंकहरु मार्फत किस्ता बुझाउनको लागी सहकार्य गरिएको पनि बिक्रेताले जनाएका छन् ।

साथै ग्राहकहरुसँग मासिक भुक्तानी असुल गर्ने दायित्व सम्बन्धित बैंकको हुने र बैंकले ग्राहकको खाताबाट कट्टि गरेर लिनेछ । कम्पनीले जानकारी नदिएपनि संभवत यसको लागि उल्लेखित बैंकहरुको क्रेडिट कार्ड आवश्यक पर्नेछ ।

कम्पनीले उपलब्ध गराएका अन्य सुबिधा तथा उपहारहरु पनि किस्ताबन्दी योजना अन्तर्गत पाइने बिक्रताहरुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?