एसीसी इमर्जिङ एसिया कप : नेपाल बंगलादेशसँग पराजित

काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणकाे अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

बंगलादेशको राजधानी ढाकामा सोमबार भएको खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १३९ रनको लक्ष्य बंगलादेशले मात्र २४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । बंगलादेशका लागि नजमुल सान्टोले अविजित ५९ रन बनाए भने नैम शेखले ४५ रन बनेका थिए । नेपालका करण केसी र सुशन भारीले समान १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४।३ ओभरमा सबै विकेट गुमाएर १३९ रन बनाएको थियो ।

नेपालको सुरुवात औषत रहृयो । कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । मल्ल १० रनमा आउट भए । त्यसपछि नेपालले लगातार विकेट गुमायो र ८५ रन जोड्दा ८ विकेट विकेट गइसकेको थियो ।

तर, सोमपाल कामी र करण केसीले ५० रनको महत्वपूर्ण साझेदारी गरे । करण १८ रनमा आउट भए । सोमपाल ३८ रनमा आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?