स्थानीय निर्वाचन पश्चात पुनर्वासमा विकास निर्माणको काम तीब्र गतिमा

-किशोर तामाङपुनर्वास ३० पुस- कञ्चनपुरको पुनर्वासमा विकासका पूर्वाधारहरु निर्माण हुन सुरु भएको छ कञ्चनपुरको निर्वाचन क्षेत्र नं. १ स्थित पुनर्वासको विकासमा स्थानिय जनप्रतिनिधी निर्वाचित भएर आएपछि निकै चासो र प्राथमिकताका साथ योजना तर्जुमा गरी कार्य सम्पन्न हुन लागेको हो चुनावको समयमा घरघर गई जनता माझ विकासका एजेण्डामा आफ्नो प्राथमिकता रहने भनी गरिएका वाचहरु पुरा गर्नका लागि भएपनि धमाधम विकासका गतिविधिहरुमा जनप्रतिनिधिहरु सक्रिय हुन थालेको स्थानीय वासीको बुझाई छ विशेष गरि बाटोघाटोको कारण वाक्क दिक्क भएका स्थानीयवासीहरु अतिनै पिछडिएको अनुभुती गर्दै आएकोमा हाल नगरपालिकाको योजनाले बाटो फराकिलो बन्ने भए पछि जनता हर्षित भएका छन पुनर्वास नगरपालिका वडा नंं १ का अध्यक्ष प्रताप चन्द आजभोलि निर्माणाधीन बाटोको नियमित निगरानी गर्छन् । जनप्रतिनिधिको प्रत्यक्ष निगरानीले उपभोक्ता समितिले कार्यमा तिब्रता दिएको जनताहरु बताउँछन् पुनर्वास नगरपालिकाको कुल बजेटको १३ करोड रकम विकासमा खर्च हुने भएको छ । कार्यलाई चुस्त दुरुस्त राख्न स्थानिय जनताहरुको सहभागिता र स्थानिय जनप्रतिनिधीहरुको रोहवरमा उपभोक्ता समिति गठन गर्ने गरेको छ । प्रत्येक वडाको हरेक विकासको कार्यमा नगरपालिकाको प्रत्यक्ष निगरानी राख्दै विकासको कार्यलाई तिव्रता दिएको नगर प्रमुख जीवनराज थापाले बताए योजना कार्य सम्पन्न पश्चात सो स्थलको स्थलगत निरीक्षण गर्दै त्यहाँको वस्तुस्थितिबारे स्थानिय जनतामाझ प्रतिक्रिया लिने गरेको कुरा पनि नगरप्रमुखले जिकीर गरे पुनर्वास नगरपालिका अन्तर्गतका करिव ५० प्रतिशत साघुरो र अतिक्रमण भएका बाटोहरु छुट्याइ सकिएको र नगरको मापदण्ड अनुसार मेनरोड कम्तीमा पनि १० मिटर र सहायक बाटो आठ मिटर हुनुपर्नेमा अधिंकाश बाटो अतिक्रमण भई सानो भएकोले स्थानिय सरोकारवाला जग्गाधनी संगको समन्वयमा बाटो फराकिलो बनाइदै छ अहिलेसम्म वडा नंं ६ को ९९ प्रतिशत बाटो नयाँ मापदण्ड अनुरुप खुलीसकेको छ भने हाल वडा नं १ स्थित अंशुबर्मा र वडा नं २ स्थित अरनिको बस्तीमा धमाधम नगरपालिकाको नयाँ मागदण्ड अनुरुप कार्य तिब्रताका साथ अघि बढीरहेको नगरपालिकाका अमिन प्रकाश बाबु सुवेदीले जानकारी दिए अव्यवस्थित बाटोहरु नयाँ मापदण्डमा अनुसार निर्माण हुन लागेकोमा अरनिकोवासी निवासी खर्च लामा तामाङले आफु र आफ्नो टोलका सदस्यहरु खुशी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?