सप्तरीमा चिसोबाट थप एक महिलाको मृत्यु

राजविराज, ३० पुस – पछिल्ला केही दिनयता चलेको शीतलहर र अत्यधिक चिसोका कारण सप्तरीको कञ्चनरुप नगरपालिका–३ मा आज थप एक महिलाको मृत्यु भएको छ स्थानीय ६२ वर्षीया कलियादेवी सदाको अत्यधिक चिसोका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ उनको आफ्नै घरमा सुतिरहेको अवस्थामा कठयाङ्ग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ योसँगै सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ भने प्रहरीले भने १६ जनाको मात्र पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?