घट्यो सुन तथा चाँदीको मुल्य, कति पुग्यो ?

कठमाडौं । नेपाली बजारमा सोमबार सुन तथा चाँदीको मुल्यमा केही गिरावट आएको छ । आइतबार प्रतितोला छापावाला सुनको मुल्य ७१ हजार ८ सय रहेको थियो । तर आज तोलामा २ सयले कमि आइ प्रतितोला ७१ ह्जार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य ७१ हजार ३ सय रहेको छ ।

साथै आज चाँदीको मुल्यमा पनि ५ रुपैयाँले कमि आएको छ । आइतबार प्रतितोला चाँदीको मुल्य ८ सय ५५ रुपैयाँ रहेकोमा आज मुल्यमा कमि आइ प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?