१ मंसिर २०७६, आईतवार १७:५०

देशलाई समृद्ध बनाउन नेकपा बाहेकको विकल्प छैन: प्रवक्ता श्रेष्ठ


प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार १७:५०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले देशलाई समृद्ध बनाउन नेकपाबाहेक अन्य कुनै विकल्प नभएको बताउनुभएको छ ।

मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेश नं १ ९क० का नेकपा उम्मेदवार डिपी ढकाललाई भोट माग्न आज जनताको घरदैलोमा पुग्नुभएका नेता श्रेष्ठले देशलाई समृद्ध बनाउने अभियानस्वरुप भक्तपुरको विकास गर्न र यहाँको मुहार फेर्न नेकपाका उम्मेदवार डिपी ढकाललाई विजयी गराउनुपर्ने बताउनुभयोे ।

उहाँले शिक्षा, स्वास्थ्य, रोजगारको साथमा समृद्ध भक्तपुर र सुखी भक्तपुरका जनता बनाउन नेकपाको अर्को विकल्प नभएको उल्लेख गर्नुभयो । प्रवक्ता श्रेष्ठले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि पनि नेकपालाई चुनावमा जिताउनै पर्छ भन्नुभयो ।

उम्मेदवार ढकाललाई जिताउन मतदातासँग आग्रह गर्दै श्रेष्ठले भन्नुभयो, “नेपालको कालापानी लगायतको मिचिएको भू–भाग नेकपाले मात्र फिर्ता गराउन सक्छ ।” नेकपाको सरकारले स्पष्टरुपमा कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भनेर स्पष्ट पारेको उहाँले दाबी गर्नुभयो ।

घरदैलो कार्यक्रममा प्रतिनिधिसभा सांसद महेश बस्नेतले भक्तपुरले रोजेको जनताले खोजेको व्यक्ति डिपी ढकाल नै भएको चर्चा गर्दै भक्तपुरको विकास र समृद्धि तथा जनताको चाहना, आवश्यकतालाई पूरा गर्न ढकाल र आफू सदैवसँगै सहयात्री भई भक्तपुरको मुहार फेर्न लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

घरदैलो कार्यक्रममा प्रदेश नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश सांसद रामेश्वर फुयाँल, जिल्ला इञ्चार्ज दिलीप प्रजापति, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोम मिश्र, जिल्ला अध्यक्ष वचन देउजालगायतको सहभागिता थियोे ।

प्रतिक्रिया दिनुहोस
उपनिर्वाचनको परिणाम निराशाजनक छैन : नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि उपनिर्वाचनको

अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटन : मन्त्री भट्टराई

काठमाडौं । नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको संख्या कम भयोः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षा गर्नका लागि सशस्त्र प्रहरीको संख्या प्रयाप्त

जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई नभएको बताउनुभएको छ