एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदल बैठक, माओवादीले राख्यो यस्तो माग

काठमाडौँ, ३० पुस – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त कार्यदलको बैठकमा माओवादी केन्द्रले चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव गरेको छ एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बेलुका बसेको बैठकमा माओवादी केन्द्रका नेताहरुले दुई मुख्यमन्त्री सहित चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव अघि सारेका हुन् नेकपा (एमाले) का नेता सुवास नेम्वाङले मुख्यमन्त्री, प्रदेशसभा सभामुख र राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा बैठकमा छलफल भएको र त्यसबारे शीर्ष नेताहरूसँग छलफल गरी टुङ्गो लाग्ने जानकारी दिए राष्ट्रियसभाको सिट बाँडफाँड र प्रदेश सरकार गठनका लागि भन्दै एमाले र माओवादी केन्द्रले ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?