बर्दियामा ५८ किलो चरेशसहित ५ जना पक्राउ

काठमाडौं । बर्दियामा ५८ किलो अवैध लागुऔषध चरेशसहित पाँचजना पक्राउ परेका छन् । प्रहरीले गुलरिया नगरपालिका–७ भन्सार रोडबाट अवैध लागुऔषध चरेश ५८ केजी, मोबाइल ५ थान र नगद ३२ हजार ५ सय ९८ रुपैयाँसहित पाँचजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका बस्ने रुकुम(पूर्व) खबाङका ३४ वर्षीय राजकुमार पुनमगर, सोहि ठाउँ बस्ने रुकुम (पश्चिम) मुसिकोट नगरपालिका–१ का २७ वर्षीया जुनतारा पुन, रुकुम(पूर्व) भुमे गाउँपालिकाका ३४ वर्षीया सुनथामी बुढामगर, रोल्पा दुईखोली गाउँपालिका–८ का २९ वर्षीय खीमप्रसाद रोकामगर र रुकुम(पूर्व) पुथा उत्तरगंगा गाउँपालिका बस्ने २६ वर्षीया अस्मिता रामजाली रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषधसहित फेला पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?