न्यू सुजुकी ‘एस–प्रेसो’ नेपाली बजारमा, यस्तो छ विशेषता र मुल्य

काठमाडौं । जापानी बहुराष्ट्रिय निगम सुजुकीले नेपाली बजारमा नयाँ सुजुकी एस(एस्प्रो सार्वजनिक गरेको छ । सुजुकीका लागी नेपालको आधिकारीक बिक्रेता सीजि मोटोकर्पले नयाँ मोडलको गाडी नेपालमा भित्र्याएको हो । आइतबार ललितपुरमा कम्पनीले एक कार्यक्रमकाबिच उक्त आफ्नो नयाँ मोडल सार्वजनिक गरेको हो ।

नयाँ किसिमको टेक्नोलोजी साथै अरुभन्दा छुट्टै विशेषतामा निर्र्मित यो कार पाँचौ पुस्ताका लागी लक्षित कार भएको कम्पनीको दावी रहेको छ ।

एक हजार सीसी इन्जिन क्षमतामा बोल्ड अनि पावरफुल एसयुभीमा आएको एस–प्रेसो ‘माई फस्र्ट एसयुभी’ कार रुपमा सार्वजनिक गरेको छ ।

कम्पनीले नयाँ मोडल सार्वजनिक गर्दै एस–प्रेसो नेपालमा ल्याइएको एसयुभी मोडमा अहिले सम्मकै उत्कृष्ट कार रहेको दावी कम्पनीको रहेको छ ।

नेपालका लागी उत्कृष्ट मानिएको हार्टटेक्ट प्लेटफर्मको एस–प्रेसो क्लासमै सस्तो टप भेरियन्टमा अधिकतम २४ लाख ४९ हजारमा आएको छ । चार भेरियन्टमा आएको एस–प्रेसोको स्ट्यान्डाई २२ लाख ९९ हजार,टप भेरियन्ट भीएक्सआई प्लसको मूल्य २५ लाख ९९ हजार

भीएक्सआई २४ लाख ९९ हजार र एलएक्सआई २३ लाख ९९ हजार तोकिएको कम्पनीले जनाएको छ ।

हेर्दामा आकर्षक लाग्ने साथै ,अझबलियो ,सुरक्षित र कठोर बनाउनको लागी एस–प्रेसोमा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको छ । यसको इन्जिन क्षेमता १.० सीसी रहेको छ । भने ५ हजार ५ सय आरपिएममा अधिकत ५० किलोवाटको पावर जेनेरेट गर्ने क्षमता यसमा रहेको हुन्छ । साथै ३ हजार ५ सयको आरपिएममा अधिकतम ९० एनएमको टर्क उत्सर्जन गर्ने गर्दछ ।

उत्कृष्ट एसयुभी सहित बोल्ड डिजाइनमा एस–प्रेसोमा अधिकतम एक सय ८० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । हेर्दामा आकर्षक, युनिक साथै युथफुल इन्टेरियरमा रहेको एस–प्रेसोमा बीच भागमा डाइनामिक कन्सोल राखिएको छ ।

अन्य कारमा धन्दा आरामदायीपनको लागी उत्कृष्ट किसिमको प्रविधी जडान गरिएको साथै सुरक्षित फिचरमा हार्टटेक्ट प्लेटफर्म गाडीको बडी मा इम्प्याक्ट एब्जोप्र्सन डिस्पर्सन सिस्टम उपलब्ध रहेको छ । यसले गर्दा यात्रा अवधीभर यात्रुले आफूलाइ सुरक्षाको प्रत्याभुती दिलाउने विस्वास कम्पनीले लिएको छ ।इबीडी एबिएस ब्रेकिङ्ग सिस्टम प्रि–टेन्सनर, डुअल एअरब्याग र फोर्स लिमिटर सहितको सिट बेल्ट ड्राइभर समथै को–ड्राइभरका लागि बेल्ट रिमाइन्डर रियर पार्किङ असिस्ट सिस्टम हाई स्पिड वार्निङ एलर्ट, रिभर्स पार्किङ्ग सेन्सर लगाएतका फिचरहरु रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?