अभि जिसीको गीत ‘जाली माया…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । अभि जिसीको स्वरमा रहेको गीत ‘जाली माया…’ सार्वजनिक भएको छ । अभी कै शब्द/सङ्गीत र योगेश काजीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
किशन अर्याल ‘कृष्ण’को निर्देशन रहेको गीतको भिडियोमा रोहित जिसी र रबिना भण्डारीको अन स्क्रिन रोमान्स रहेको छ । मुकेश हुमागाईंको छायाँकन रहेको भिडियोलाई प्रकाश एसकेको सम्पादन गरेका छन् ।गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । केही चलचित्रमा सहायक निर्देशन र विभिन्न म्युजिक भिडियोमा निर्देशन गरेका किशनले यो म्युजिक भिडियोमा राम्रो बनाउने प्रयास गरेको बताउँछन् ।
मोफसल रुपन्देहीको मुर्गियामा रहेर गीत सङ्गीतमा सक्रिय रहेका अभीको सार्वजनिक यो पहिलो गीत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?