थाइल्याण्डमा उपचाररत केपी ओलीको स्वास्थ्य रिपोर्ट आयो

काठमाडौँ, ३० पुस -नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो भएको पाइएको छ नियमित स्वास्थ्य परीक्षणका क्रममा थाइल्याण्डको बैककमा गएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था राम्रो भएको उनका स्वकीय सचिव एलिस दाहालले जानकारी दिए ‘‘अध्यक्षज्यूको एउटा परीक्षण बाँकी छ । सबै रिर्पोट राम्रो देखिएको छ’’ दाहालले भने–‘‘उहाँको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो छ ।’’अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा अहिले बैककको वुमरुमगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराइरहेका छन् निर्वाचनको दौडधुपका कारण चिकित्सकको सल्लाहअनुसार उनी स्वास्थ्य परीक्षण गराउन बैंकक गएका हुन् उनी यही पुस २६ गते धर्मपत्नी राधिका शाक्यसहित चिकित्सक विद्यासिंह साह र यादव भट्टको साथमा बैंकक गएका हुन् । अध्यक्ष ओली आगामी बुधबार स्वदेश फर्कने स्वकीय सचिव दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?