देउवाविरुद्ध यसरी मोर्चाबन्दी कस्दैछन् प्रभावशाली नेताहरु

काठमाडौं, ३० पुस । कांग्रेसका प्रभावशाली नेताहरु रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला र अर्जुन नरसिंह केसीबीच आइतबार राजधानीको महाराजगञ्जस्थित एक होटलमा गोप्य बैठक भएको छ । बैठकमा सभापति शेबहादुर देउवाको चर्को आलोचना गरिएको स्रोतले जनाएको छ करीब दुई घण्टा लामो भएको उक्त ‘गोप्य’ बैठकमा सभापति शेरबहादुर देउवाकै कारण पार्टी इतिहासकै कमजोर अवस्थामा पुगेको निष्कर्ष निकालिएको छ अब पनि चुप लागेर बसिरहे पार्टी गम्भीर संकटमा पर्ने भन्दै पार्टीलाई बचाउन एक भएर अघि बढ्ने तीन नेताबीच समझदारी भएको स्रोतले बतायो ‘बाहिर देखिएका अभियानमा ऐक्वबद्धता जनाउँदै पार्टीलाई एक ढिक्का बनाएर लैजाने विषयमा समझदारी भएको छ,’ स्रोतले भन्यो, ‘पार्टीभित्रका युवा तथा विद्यार्थीको विवाद पनि देउवाकै कारणले भएको र यो विवाद कायमै रहिरहे थप संकट निम्तनेतर्फ पनि नेताहरुले निश्कर्ष निकालेका छन् ।’असन्तुष्टहरु कांग्रेसलाई पहिलेको जस्तै बलियो अवस्थामा फर्काउन कसरी एकजुट भएर जाने भन्ने विषयमा निरन्तर छलफलमा रहेको नेताहरु बताउँछन् यही क्रममा गत बुधबार पनि गोंगबुमा प्रकाशमान सिंह, शशांक कोइराला र केसीबीच छलफल भएको थियो पटक पटकको छलफलमा प्रभावशाली नेताहरुनै एकठाउँमा देखिएपछि देउवा घेराबन्दीमा परेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?