मंसिर महिनाको पहिलो दिन यस्तो छ सुनचाँदीको बजारभाउ

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मुल्यमा स्थिरता छाएको छ । कार्तिक २९ गते शुक्रबार प्रतितोला छापावाला सुनको मुल्य ७१ हजार ८ सय रहेको थियो । साथै मंसिर महिनाको पहिलो दिन आज पनि त्यहि मुल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ । साथै तेजावी सुनको मुल्य ७१ हजार ५ सय रहेको छ ।

त्यस्तै आज चाँदीको मुल्यमा पनि स्थिरता छाएको छ । कार्तिक २९ गते शुक्रबार प्रतितोला चाँदीको मुल्य ८ सय ५५ रहेको थियो । साथै आजपनि त्यहि मुल्य कायम भइ कारबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?