बजारमा कफीको नयाँ मुल्य निर्धारण

काठमाडौं । सरकारले कफीको मुल्यलाइ परिमार्जन गर्दै नयाँ मुल्य कायम गरेको छ । आर्थिक वर्ष २०७६।७७ को लागी भन्दै राष्ट्रिय चिया तथा कफी बिकास बोर्डले न्यूनतम मुल्य तोेकेको हो । कृषकबाट उत्पादित काचो कफीको न्युनतम मुल्य कायम गर्ने निर्णय बोर्डले गरेको हो ।
नयाँ मुल्य अनुसार फ्रेस चेरी ग्रेड ‘ए’ को मूल्य प्रतिकेजी ८५ रुपैयाँ रहने बोर्डले जनाएको छ ।

साथै फ्रेस चेरी ग्रेड बीको मूल्य प्रतिकेजी ७५ रुपैयाँ रहने पनि बोर्डले जनाएको छ । बोर्डको १५ औं राष्ट्रिय दिवसको अवसरमा पाचर्चमेन्ट, फ्रेस चेरी र ड्राइ चेरी कफीको न्यूनतम मूल्य तोकेको हो ।

साथै बोर्डको निर्णयअनुसार, पार्चमेन्ट कफी ग्रेड ‘ए’ को प्रतिकेजी मूल्य ४२५ र ‘बी’को ३७५ कायम गरेको छ ।

त्यस्तै ड्राइचेरी कफी ग्रेड ‘ए’ को पहिलाको मुल्यमा परिमार्जन गर्दै प्रतिकेजी १४० र ग्रेड ‘बी’ को भाउ ९० कायम गरिएको पनि बोर्डले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?