तपाइको लागि मङ्सिर महिना कति शुभ, कति अशुभ ? हेर्नुहोस्

काठमाडौं । आज मिति २०७६ साल मङ्सिर महिनाको १ गते आइतबार । तपाइको लागि यो महिना कति शुभ कति अशुभ राशिफल हेर्नुहोस् ।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

यो महिनामा स्वास्थ्यमा केही बाधा व्यवधान रहन सक्नेछ । शत्रु सबल रहनसक्छन् । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेमी र प्रेमिकाकाबिच खिन्नता बढ्नेछ २२ गतेबाट रमाइलो यात्राको योग रहेको छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हल्का रातो वा आकासेनीलो हो । शुभकर्म गर्नु पूर्व महाकालीजीको स्मरण गरी आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

यो महिनामा सामाजिक क्षेत्रबाट मान सम्मान मिल्ने छ । मित्र जनको साथ सहयोग मिल्नुका साथै आमदानीका स्रोत बढ्ने छन् । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । मध्य महिनामा कार्य सम्पादनमा केहि समस्या आउनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । यो महिनाको लागि शुभ अङ्क १,४ र शुभ रङ्ग सेतो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो महिनामा प्रेम र मित्रताको बन्धन कसिनेछ । आँटेको र ताकेको कार्य पुरा होला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ । वैदेशिक यात्राको योगपनि छ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग हरियो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यो महिनामा धार्मिक, सांस्कृतिक, दान पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक तथा राजनैतिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । घर ,जग्गा खरिद तथा बिक्रिको योग छ । यो महिनाको लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो महिनामा नगरेको कामको आरोप खेप्नुपर्ने सम्भावना छ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । पढाइ लेखाइमापनि प्रगति गर्न नसकिने देखिन्छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्ला । आधा महिना पछि प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । धर्म,कर्ममा रुची बढ्ने र शुभकार्यको चर्चा चल्नेछ । यो महिनाको लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग घ्यूरङ्ग वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ । कामका विभिन्न अवसर फेला पर्ने छन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शुभकार्यको योग पनि छ । यो महिनाको लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग घ्यूरङ्ग वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको स्मरण गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

यो महिनामा धार्मिक यात्राको योगछ । सामाजिक कार्यमका विशेष रुचि रहनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । आकस्मिक धन लाभ हुनेछ । महिनाको उत्तरार्धमा कार्य क्षेत्रमा सजग रहनु उचित हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । बाटो काट्दा वा यात्रा गर्दापनि सचेत हुनुपर्नेछ । यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि सफलता हात पर्ने देखिन्छ । लामो यात्रा सुखद् र सफल हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग नीलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

यो महिना त्यति राम्रो देखिँदैन, अध्ययनमा त्यति ध्यान दिन नसकिएला । सहयोगको नाटक गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । व्यर्थको सास्ति खेप्नु पर्नेछ । यात्रामा मालसामान हराउन सक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । महिनाको अन्त्यमा काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

यो महिनामा तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ । प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । महिनाको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला । यो महिनाको लागि शुभ अङ्क १,४ र शुभ रङ्ग पहेँलो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि नवग्रहको स्मरण गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

यो महिना सकारात्मक रहेको छ । लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । समाजसेवातर्फ आकर्षित भइनेछ । मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । वाहान लाभ हुने समय आएको छ । २० गतेबाट प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

समग्रमा यो महिना सकारात्मक महिना रहेको छ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । शुभकार्यको चर्चा चल्ने छ र शुभकार्यको योग पनि छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । कला र गलाको प्रभाव बढ्दै जानेछ । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल
977-9849559502
(अधिक जानकारीको लागि )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?