२०७८,श्रावण,१५,शुक्रवार

राजधानीमै २ हजार रोपनीमा गाँजा खेती, प्रहरीको सक्रियतामा नष्ट

२०७४,भाद्र,२९,बिहीवार १३:४९


काठमाण्डौं, २९ भदौ ।प्रहरीले राजधानी काठमाण्डौंमा ठुलो परिमाणमा गाँजा खेती नष्ट गरेको छ । राजधानीसंगै जोडिएको गोकर्णेश्वर नगरपालिकाको २ हजार रोपनी जमिनमा गाँजा खेती भेटिए पछि प्रहरीले नष्ट गर्ने अभियान चलाएको हो ।गोकर्णेश्वर नगरपालिकाको वडा नं.१मा ठुलो परिमाणमा गाँजा खेती भेटिए पछि महानगरिय प्रहरी वृत्त बौद्धबाट खटिएको डिएसपि अच्यूत पुडासैनी नेतृत्वको प्रहरी टोलीले नष्ट गर्न शुरु गरेको हो ।नीजि जग्गामा गाँजा खेती भेटिए पनि यो खेती गरिएको नभई आँफै उम्रिएको स्थानीयले बताएका छन । कुल २ हजार रोपनी क्षेत्रफलमा भेटिएको गाँजा मध्ये झण्डै ६ सय रोपनी क्षेत्रफलमा आज नष्ट गरिएको वृत्तका ईन्चार्ज डिएसपि अच्यूत पुडासैनीले बताए । गाँजा खेती भएको बाँकि क्षेत्रमा निरन्तर सक्रियता बढाई सम्पूर्ण खेती नष्ट गर्ने पुडासैनीको भनाई छ ।हेर्नुस तस्वीर    

प्रकाशित मिति: २०७४,भाद्र,२९,बिहीवार १३:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बुधवार बिहान सर्लाहीमा अपत्यारीलो घटना घट्यो । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित एक पोखरीमा ९ दिनको शिशुसहित तीन जनाको

काठमाडौं । १२ वर्षीय बालकले आफ्नै दिदी बलात्कार गरेका छन् । आफ्नै १६ वर्षीय दिदीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले

मकवानपुर । नेपाल सरकारले प्रतिबन्ध गरेको लागुऔषधको कारोवार गर्ने १५१ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा पक्राउ गरी

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन वर्ष पुगेको छ । हत्या भएको तीन वर्ष बितिसक्दा पनि उनको

ताजा समाचार

आगामी चैतभित्र सबै नागरिकलाई खोप
 २०७८,श्रावण,१५,शुक्रवार १९:००
मन्त्री छान्दा मनपरी
 २०७८,श्रावण,१५,शुक्रवार १८:३३