नाइट क्लबमा भेटिएका घर्तीमगरसहित ४ फुटबल खेलाडी कारबाहीमा

काठमाडौं | नाइट क्लबमा भेटिएका चार फुटबल खेलाडी कारबाहीमा परेका छन् ।
विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरुद्धको खेलका लागि राष्ट्रिय टिममा परेका विमल घर्तीमगर, मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशीलाई कारबाहीमा परेका हुन् । चारै जनालाई एन्फाले प्रशिक्षक योहान कालिनसँग छलफल गरेर हटाएको हो।
एन्फाका प्रवक्ता किरण राईले चार जना अनुशासनको कारबाहीमा परेको पुष्ट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?