भ्वाइस अफ नेपालबाट बाहिरिइन् रजनी ऋदम राई, छोरीका लागि गाएकी थिइन् गीत

काठमाडौँ । रियालिटी सो भ्वाइस अफ नेपालबाट शुक्रबार पोखराकी रजनी ऋदम राइ बाहिरिएकी छिन् ।
१२ प्रतिस्पर्धीमध्ये दर्शकबाट सबैभन्दा कम भोट पाएर उनी बाहिरिएकी हुन् ।
छोरीको लागि भ्वाइस अफ नेपालमा आएर गीत गाएको बताउने उनले यो सोबाट आफूले छोरीलाई गीत सुनाउन पाएकोमा खुसी लागेको बताइन् ।
‘म एकदमै खुसी छु, एक पटक–दुई पटकमात्रै होइन , चारपल्ट छोरीले मलाई टिभिमा देख्यो । अनि मलाई पोखराले रजनी ऋदम राईको स्वरमात्रै चिन्नु भएको थियो, अहिले धेरैले पर्सनल चिन्नु हुन्छ’ उनले अगाडि भनिन्, ‘यो अन्तिम होइन सांगितिक यात्रा जारी रहनेछ।’
उनी बाहिरएकोमा अन्य प्रतियोगी भावुक बन्दै गर्दा उनले कोही पनि दुखी नबन्न आग्रह गर्दै आफू सशक्त महिला भएको बताइन् ।
प्रतियोगिताबाट राम लिम्बु, बिकाश लिम्बु, सनिश श्रेष्ठ, शशिका राई,अञ्जु राना मगर, गीता शर्मा, याङ्की योल्मो, बलबहादुर राजवंशी, सञ्जय महत, मेचु धिमाल र आरिफ राउफ अन्तिम ११ मा पुगेका छन् ।
यो रियालिटी सोले युट्युवमा समय राम्रो भूज पाएको छ । अघिल्लो संस्करणको भ्वाइस अफ नेपालको विजयी सीडी विजय अधिकारी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?