संखुवासभामा यात्रुवहाक जीप दुर्घटना: गाउँपालिका अध्यक्ष कटुवालसहित पाँचको मृत्यु

काठमाडौं ३० पुस । संखुवासभाको मकालु ३ समाटारमा यात्रुवहाक जीप दुर्घटना भएको छ दुर्घटनामा गाउँपालिका अध्यक्ष खड्ग कटुवालसहित पाँच जनाको मृत्यु भएको छ खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जीप दुर्घटनामा भएको हो दुर्घटनामा परि मृत्यु भएका मध्ये खड्ग कटुवाल र अर्का व्यक्ति सुरेश राईको मात्रै सनाखत भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए अहिले जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली घटनास्थलतर्फ गइरहेको उनले बताए स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । जीपमा गाउँपालिकाका अध्यक्षसहित पुनर्निमाण प्राधिकरणका कर्मचारी सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?