एनआइसी एसिया बैंकले गर्याे लाभांश रकम बुझ्न शेयरधनीलाई आग्रह

काठमाडौं । आफ्ना शेयरधनीहरुलाई लाभांश रकम बुझ्न एनआईसी एशिया बैंकले आग्रह गरेको छ।

विगतका आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश लिन बाँकी भए बैंकको सहायक कम्पनीबाट लाभांश लिन समेत आग्रह बैंकले गरेको छ । एनआइसी एशिया क्यापिटल लि. हनुमानस्थान, अनामनगरबाट लाभांश लिन सकिने बैंकले जनाएको छ ।

साथै लामो समयदेखि लाभांश बुझ्न बाँकी रकम प्रचलित ऐन कानूनबमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ। लाभांश पूर्जी लिईसकेका शेयरधनीलाई समेत उक्त पूर्जी आफ्नो खातामा जम्मा गर्न बैंकले अनुरोध गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?