८ दिनदेखि चलिरहेको आलममाथिकाे थुनछेक बहस सकियो, केही बेरमा आदेश आउने

काठमाडौं । रौतहटको राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई ज्युँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहम्मद आलमविरुद्धको मुद्दाको थुनछेक बहस सकिएको छ ।

जिल्ला अदालत रौतहटका न्यायाधीश दिपक ढकालको इजलासमा आठ दिनदेखि चलिरहेको थुनछेक बहस शुक्रबार सकिएको हो ।

थुनछेक बहस सकिएसँगै केही बेरमा आदेश आलमलाई थुन्ने कि छाड्ने भन्ने आदेश आउने छ । आदेश दिने तयारी भएसँगै जिल्ला अदालत रौतहट परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीन वटा अभियोगमा मुद्दा दायर भएको छ । २०६४ साल चैत्र २७ गते पहिलो संविधानसभा चुनावको अघिल्लो दिन आलमका काका शेष इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा हालेर जलाएको आरोपमा गएको असोज २६ गते नेता आलमलाई प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?