डा. रुपज्योतिमाथि ठगि मुद्दा नचल्ने

काठमाडौं । पूर्व राज्यमन्त्री एवं व्यवसायी डा. रुप ज्योतिमाथि ठगि मुद्दा नचल्ने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयकाे याे निर्णयसँगै घटनामा पक्राउ परेका सबै रिहा हुने भएका छन्।

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ठगी अभियोगमा गत २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

उनीविरुद्ध मुद्धा नचल्ने देखिएको भन्दै सरकारी वकिल कार्यालयले रिहा गर्न महनगरीय प्रहरी परिसर काठमाडौंलाई पत्रचार गरेको छ। अब रुपज्योति हाजिरी जमानीमा छुट्ने भएका छन्। अब मुद्दा चल्ने नचल्ने निर्णय महान्यायाधिवक्ताकाे कार्यालयले गर्नेछ।

यसअघि उनको अनुसन्धान फाइल प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको थियो। अनुसन्धानपछि बुझाएको फाइल सरकारी वकिल कार्यालयले अनुसन्धान नपुगेको भन्दै बिहीवार प्रहरीलाई नै फिर्ता पठाएको थियो।

रुपज्योतिसंगै छोरी सुरुचि र दाजु पद्म ज्योति पनि रिहा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?