१६ असार २०७९, बिहीवार

‘तीव्र शहरीकरणले औद्योगिक क्षेत्र धराशायी’

२०७४,पुष,३०,आईतवार ०८:४०

0
Shares

भक्तपुर, ३० पुस । तीव्र शहरी विकाससँगै यहाँका उद्योगधन्दा धराशायी बन्दै गएको उद्योगी व्यवसायीले बताएका छन् रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष केपी अवालले उद्योगको विस्तार र व्यवसायको पाटो पहिचान गरी शहर विस्तार गर्न नसक्दा उद्योग व्यवसाय धराशायी बन्दै गएको बताए उनले भक्तपुरको समग्र औद्योगिक विकासमा उद्योग वाणिज्य संघले सकारात्मक भूमिका खेल्दै आए तापनि सरकार र स्थानीय सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न नसक्दा र सामान्य पूर्वाधार तयार गर्न नसक्दा भक्तपुरको उद्योग फष्टाउन नसकेको विचार व्यक्त गरे कार्यक्रममा संघका महासचिव शिव मानन्धरले भक्तपुरको औद्योगिक र पर्यटकीय विकासका लागि सरकार उदासीन रहेको आरोप लगाउँदै यहाँका उद्योग व्यवसायलाई उपभोक्तामैत्री बनाउने अभियानमा संघ सक्रिय भइरहेको जानकारी दिए । उनले औद्योगिक विकासका लागि थप औद्योगिक क्षेत्र स्थापना गरिनुपर्ने पनि जोड दिए उद्योग वाणिज्य संघ भक्तपुरका प्रथम उपाध्यक्ष रामप्रसाद प्रजापतिले केन्द्रीय तथा स्थानीय सरकारले भक्तपुरमा औद्योगिक विकासका लागि सक्दो पहल गरेमा भक्तपुरमा विभिन्न विधाका उद्योगको विकास गर्न सकिने बताउनुभयो । विभिन्न उद्योगी व्यवसायीले भक्तपुरमा साना तथा घरेलु उद्योगका साथै अन्य सम्भावित उत्पादनको पहिचान गरी उद्योग विकास गर्न सकिने बताए ।

प्रकाशित मिति: २०७४,पुष,३०,आईतवार ०८:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गोरखा । गोरखा बजार आसपासमा दर्जनौँ फार्मेसीहरू मापदण्ड विपरीत सञ्चालन भइरहेका छन् । मापदण्ड विपरीत चलिरहेका फार्मेसीहरूमा फार्मेसिष्ट हुँदैनन्, चिकित्सकको

जनकपुर । पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ सुरु भएको छ । ‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ नाराका साथ

भक्तपुर । सधैं कक्षाकोठामा रहने भक्तपुरको एउटा स्कुलका विद्यार्थी बुधबार धान रोपाईमा रमाएका छन् । भक्तपुर नगरपालिका वडा नं २

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौंमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम

ताजा समाचार

मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत
 २०७९,असार,१६,बिहीवार १३:५१