२९ कार्तिक २०७६, शुक्रबार १४:३७

बाजुरामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध


प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार १४:३७

बाजुरा । जिल्लाको बडिमालिका–५ मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध बनेको छ । नेपाल टेलिकमको टावर एक सातादेखि बिगिँ्रदा टेलिफोन सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

यसअघि नियमित सञ्चालनमा रहेको टावर एकाएक बन्द भएपछि फोन सम्पर्कविहीन हुनु परेको स्थानीय कर्णबहादुर दानीले बताउनुभयो । सञ्चारविहीन भएपछि स्थानीयलाई समस्या भएको छ ।

उता स्थानीयले सेवा सञ्चालनका लागि नेपाल टेलिकम शाखा बाजुरासँग माग गरेको छ । सञ्चार सुविधा नहुँदा विभिन्न घटना दुर्घटना आपत्विपतमा समस्या हुने गरेको भन्दै स्थानीयले बडिमालिका नगरपालिकाप्रति आक्रोस पोखेका छन् ।

यता बडिमालिका नगरपालिका– ५ का वडाध्यक्ष बलबहादुर थापाले भने यसअघि रिपिटर टावरमा स्थानीय मना गाड लघुजलविद्युत्बाट सिङ्गलफेजको बिजुली लाइन जडान भएकाले त्यसले लघु जलविद्युत्को टर्वाइनमा केही समस्या आएका कारण हामीले हटाएको र तत्काल टेलिकमसँग थ्रिफेज लाइन जडान गर्न अनुरोध गरिसकेकाले तत्काल समस्या समाधान गर्ने पहल भइरहेको जानकारी दिनुभयो । जनताले सहजरुपमा सञ्चार सेवा प्राप्त गर्न पाउने अधिकारलाई हनन गर्दै टेलिकम शाखा मुकदर्शक बनेको स्थानीयको आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार विरुद्ध सांसदहरुको सातौँ विश्व सम्मेलन कतारमा

काठमाडौं । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसको अवसर पारेर भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठनको सातौँ

असुरक्षित वैदेशिक रोजगारः चालू आवको प्रथम चौमासिकमा २५१ नेपालीको मृत्यु

काठमाडौं । सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन विभिन्न पहलकदमी लिइरहँदा पछिल्लो समय वैदेशिक

१८ महिलाले पाए सेनेटरी प्याड बनाउने काम

काठमाडौं । सेनेटरी प्याड बनाउने काममा यहाँका १८ जना महिलाले रोजगारी पाएका छन्

पर्यटन मन्त्रालयः राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेका राष्ट्रिय गौरवका आयोजनाको