२९ कार्तिक २०७६, शुक्रबार १४:०४

बङ्गलादेशका राष्ट्रपतिको भ्रमण दलका सदस्य चन्द्रागिरिमा


प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार १४:०४

काठमाडौं । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमण दलमा रहेका सदस्यले आज काठमाडाँैको चन्द्रागिरि अवलोकन भ्रमण गरेका छन् । भ्रमण दलमा रहनुभएका बङ्गलादेशका सांसद, राष्ट्रपति कार्यालयका उच्च अधिकारी तथा सल्लाहकार, राजनीतिक दलका नेता, बङ्गलादेशकै परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, अन्य विशिष्ट व्यक्तिलगायत २७ जनाले अवलोकन भ्रमण गर्नुभएको हो ।

उहाँहरुलाई चन्द्रागिरि केबलकारमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महाप्रबन्धक अभिषेकविक्रम शाह, सञ्चालक अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गर्नुभएको थियो ।

भ्रमण दलका सदस्यले चन्द्रगिरि हिल्सको केबलकारमार्फत पुगेर प्राकृतिक सौन्दर्यको अवलोकन गर्नुभएको थियो । अध्यक्ष ढकालले उक्त लिमिटेडअन्तर्गत निर्मित विविध एकीकृत पर्यटकीय संरचनाका बारेमा जानकारी गराउनुभएको थियो । भ्रमणमा सहभागी बङ्लादेशका पाहुनाले चन्द्रागिरि क्षेत्रको प्रशंसा गर्दै यस भ्रमणबाट नेपालमा बङ्गलादेशी पर्यटकको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

चन्द्रागिरिको अवलोकन भ्रमणका लागि बङ्गलादेशका राष्ट्रपति हमिद चन्द्रागिरि जाने पूर्वनिर्धारित कार्यक्रम भने अन्तिम समयमा विशेष कारणले रद्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक : पुस १५ भित्रै महाधिवेशन कार्यतालिका ल्याउने निर्णय

काठमाडौं । नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समितिको बैठलले पुस १५ भित्रै कार्यतालिका

‘भारतको हेपाहा नीतिविरुद्ध नेपाली जनता एक हुनुपर्छ’

काठमाडौं । राजनीतिक दलका नेता, समाजसेवी, नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मीले नेपाल र

नेकपा स्थायी समितिको बैठक : प्रचण्डले गरे राजनीतिक प्रतिवेदन पेश, भोलि फेरि बैठक बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी सहितिको बैठकमा अध्यक्ष पुष्मकमल दाहाल

कांग्रेसमा महाधिवेशनको बहस : आ-आफ्नै अडानमा नेताहरु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा यतिखेर पार्टीको १४औँ महाधिवेशनको बहसले प्राथमिकता