कर्णाली नदीमा डुंगा दुर्घटना

काठमाडौं । कर्णालीमा डुंगा दुर्घटना भएको छ । अछामको ढकारी गाउँपालिकास्थित बेतान कर्णाली हाइड्रोपावरका लागि नदीको गहिराइ नाप्न गएका टोली सवार डुंगा गहिराइ नाप्ने क्रममा दुर्घटना भएको हो ।

दुर्घटनामा मानवीय क्षति भएको छैन । तर, डुंगा र मोटरमा क्षति भएको जनाइएको छ ।

इनोभेटिभ इन्जिनियरिङ सर्भिस प्रा.लि.का म्यानेजिङ डाइरेक्टर अनुप खनालका अनुसार नदी ठाडो र पानीको बेग तीव्र भएकाले दुर्घटना भएको हो ।

डुंगा दुर्घटना भएपछि बेतान कर्णाली हाइड्रोपावर आयोजनाका लागि पानीको गहिराइ नाप्ने काम अहिले स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?