घट्यो सुन तथा चाँदीको मुल्य, कति पुग्यो ?

कठमाडौं । नेपाली बजारमा सुन तथा चाँदीको मुल्य घटेको छ । विहिबार प्रतितोला छापावाला सुनको मुल्य ७२ हजार रहेको थियो । शुक्रवार तोलामा २ सयले कमि आइ प्रतितोला ७१ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य ७१ हजार ५ सय रहेको छ ।

साथै आज चाँदीको मुल्यमा पनि ५ रुपैयाँले गिरावट आएको छ । विहिबार प्रतितोला चाँदीको मुल्य ८ सय ६० रहेको थियो । तर आज मुल्यमा कमि आइ प्रतितोला ८ सय ५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?