घुस विना काम गर्दैन झापा नापीका कर्मचारी

झापा, ३० पुस । जिल्ला नापी कार्यालय झापाका कर्मचारीहरुले सेवाग्राहीसँग विना घुस कुनैपनि काम नगर्ने पाइएको छ । सेवाग्राहीले नियम अनुसार सेवाशुल्क बुझाउँदा पनि विभिन्न बहानामा कार्यालयका कर्मचारीहरुले अतिरिक्त रकम लिएर मात्रै काम गर्ने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् नापी कार्यालयका कर्मचारीहरुले लेखापढी व्यवसायीहरुलाई प्रयोग गरेर घूस लिने गरेको सेवाग्राहीहरुको गुनासो छ प्रयाः पैसा नलिइ काम नगर्ने प्रवृत्ति कर्मचारीहरुमा रहेको छ । सरकारले दिएको तलव, भत्ताले चिया खर्चं नै नपुग्ने भन्दै विचौलियामार्फत कर्मचारीले सेवाग्राहीसँग रकम उठाउँदै आएका छन् कर्मचारीले जग्गा ब्यापारी र रकम दिनेको मात्र काम गर्दा सामान्य मानिस पीडित हुने गरेका छन् कर्मचारीहरुले यस्तो प्रवित्तले आजित भएपछि सेवाग्राहीहरु पनि छिटो र सहुलियत पूर्ण तरिकाले काम गराउनका लागि घूस दिन बाध्य भएका छन् कार्यालय प्रमुख लगायत अन्य कर्मचारीहरु प्राय कार्यालयमा नबसेर बाहिर बाहिरबाटै काम गर्ने गरेका छन् । धेरै भीड हुने कार्यालयमा सेवाग्राहीको गुनासो स्वभाविक रहेको भन्दै कर्मचारीहरु आफ्नो कमजोरी स्विकारेर पनि सुधार्न तयार भएको देखिदैनन् झापाको नापी कार्यालयका कर्मचारीले नयाँ नक्सा अनुसार जग्गाधनीले जग्गादर्ता गर्नुपर्ने, जग्गा अनिर्वाय नाप्नुपर्ने, नयाँ नक्सा दिनुपर्ने र जग्गाको क्षेत्रफल अद्यावधिक गर्नुपर्ने नियम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?