बाम एकताको गृह कार्य गर्न कार्यदलको बैठक बस्दै

काठमाडौं, ३० पुस । नेकपा एमाले र माओवादी केन्द्रद्वारा गठित बाम एकता कार्यदलको बैठक बस्दैछ बैठकमा राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार चयन, प्रदेश सभाको गठन लगायका विषयका बारेमा धारणा बनाउन कार्यदलको बैठक बस्न लागेको हो पार्टी एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउने सहमति गरेका दुई दलले राष्ट्रिय सभामा साझा उम्मेदवार चयन र प्रदेशसभा गठनमा सहमति जुटाउन लागेका हुन राष्ट्रियसभाको सिट बाँडफाँट र प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रदेश संसदको सभामुख पद कसरी बाँड्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुनेछ राष्ट्रियसभाका ५६ सिटमा वाम गठबन्धनले साझा उम्मेदवार उठाउने सहमति गरिसकेका छन् । राष्ट्रियसभामा समग्रमा ६०–४० अनुपातमा सिट बाँडफाँट गर्ने तयारी छ एमाले र माओवादीका ३–३ जना नेता रहेको कार्यदललाई राष्ट्रियसभा र प्रदेश सरकारको सिट बाँडफाँटका लागि एकता संयोजन समितिले जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?