माल्दिभ्सलाई हराउँदै नेपाली टोली विजयी

काठमाडौँ । नेपाली महिला भलिबल टोलीले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि हात पारेको छ ।
बंगलादेशको ढाकामा शनिबार भएको फाइनल खेलमा माल्दिभ्सलाई ३–० अन्तरले पराजित गर्दै नेपालले उपाधि हात परेको हो । नेपाली महिला भबिललमा यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।

ऐतिहासिक उपाधि जित्ने क्रममा नेपालले माल्दिभ्सलमाथि २५–१३, २५–१२, २५–८ को सहज जित निकालेको थियो । अपराजित रहँदै उपाधि जितेको नेपालले लिग चरणमा माल्दिभ्स, अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?