२८ कार्तिक २०७६, बिहीबार १६:११

१६ लाख राजश्व सङ्कलन


प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार १६:११

काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिकाले चालू आर्थिक वर्षको चार महिनामा १६ लाख ६१ हजार ५७१ राजश्व सङ्कलन गरेको छ ।

नगरपालिकाले साउनदेखि कात्तिकको अन्तिमसम्म विभिन्न शीर्षकमा राजश्व उठाएको राजश्व फाँटका प्रमुख कमल भण्डारीले बताउनुभयो । कृषि समूह नवीकरणबाट दुई हजार ५००, फ्रेस हाउस नवीकरणबाट ५००, अन्य दस्तुरमा सात लाख ५९ हजार २००, पार्किङ महसुलतर्फ १७ हजार २५०, मूल्याङ्कन दस्तुरमा ३७०, सिफारिस दस्तुर तीन हजार ८००, ९घ० वर्ग इजाजतपत्र नवीकरणतर्फ रु एक लाख ७६ हजार, घर करमा रु दुई लाख ७३ हजार ५०० राजश्व सङ्कलन भएको छ ।

घर बहाल कर ८३ हजार ४०३, संस्था नवीकरण ३७ हजार ५००, टहरा भाडा ११ हजार ६२४, डोजरबाट ५६ हजार ४४९, जग्गाको मालपोत रु एक लाख ४० हजार ४९९, बिक्री कर चार हजार ३००, इजाजतपत्र दर्ता छ हजार, संस्था दर्तातर्फ १० हजार, चार किल्ला सिफारिस प्रमाणितमा एक हजार र स्याउ ढुवानी सिफारिसबाट रु ९७ हजार ६७५ राजश्व उठेको छ । आर्थिक वर्ष २०७५/०७६ मा ५४ लाख ९७ हजार राजश्व सङ्कलन भएको भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडाैं । धितोपत्र बजारमा आज शेयर कारोबारमा उल्लेख्य सुधार देखिएको छ । धेरै

प्रदेश ३ सरकारको प्रशंसा योग्य कदम: स्वर्ण जित्ने खेलाडीले १ लाख पाउने

काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाइ प्रदेश

पाँचथरमा चिया कृषक पाठशाला

काठमाडौं । पाँचथरमा यसअघि अदुवा, अलैँचीलगायत नगदेवालीलाई व्यावसायिक बनाउन सञ्चालन हुँदै आएको कृषक

कियाको स्पोर्टेज कार ५० प्रतिशत डाउन पेमेन्टमा पाइने

काठमाडौं । कोरियाली कार निर्माता कम्पनी कियाको स्टाइलिस एसयुभी ‘स्पोर्टेज’ कार ग्राहकहरुका लागि