२२ जेष्ठ २०८०, सोमवार

भोलि राति १२ बजेपछि मौन अवधि , के–के गर्न नपाइने ?

२०७४,भाद्र,२९,बिहीवार ११:०५

0
Shares

काठमाडौं, भदौ २९ ।स्थानीय तहको तेस्रो चरणमा प्रदेश दुईमा आगामी असोज २ गते हुने निर्वाचनका भदौ ३० गते राति १२ बजेपछि निर्वाचनको मौन अवधि शुरु हुने  भएको छ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सम्पूर्ण सञ्चारजगत्ले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा व्यवस्था भए अनुसार, मौन अवधिमा यी आचरण पालना गर्न सबैसँग आग्रह गरेको छ । १. निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, २. मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।३.एस.एम.एस., फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।४.उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, गम्छा, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने ।५.उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।

प्रकाशित मिति: २०७४,भाद्र,२९,बिहीवार ११:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ । लोसपाले मधेस प्रदेशमा वन तथा वातावरण मन्त्रालयको

काठमाडौं । मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । नेपाली कांग्रेसका दुई र नेकपा एकीकृत समाजवादीका एकजनालाई मन्त्रीलाई प्रदेश प्रमुख

काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई

काठमाडौं । मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मधेश सरकारमा नेपाली कांग्रेसबाट दुई जना मन्त्री सहभागी हुने भएसँगै

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१