अपहरणमा परेका बालकको शकुसर उद्दार, अपहरणकारी प्रहरी नियन्त्रणमा

परासी, ३० पुस । अपहरणमा परेका एक बालक भारतबाट शकुसल उद्दार गरिएको छ अपहरणमा परेका बालकको भारतको उत्तर प्रदेश महराजगंज जिल्लाको ठुठीबारी ग्रामसभा ४ बाट उद्धार गरी अपहरणकारीलाई नियन्त्रणमा लिइएको हो नेपाल–भारत सिमावर्ती बजार ठुठीबारीको व्यपारी बब्लु निगमका ९ वर्षिय छोरा आयुसको अपहरणमा परेका थिए । अपहरणमा परेका बाललको प्रहरीले शनिवार साँझ विहार टंकीबजारबाट नियन्त्रणमा लिएको हो उनको साथबाट अपहृत बलकको पनि उद्धार गरिएको छ । बालक निगम गत विहिवार दिउँसो ठुठीबारी बजारबाट अपहरणमा परेका थिए अपहरणकारीले बालकका बाबु बब्लु निगमसँग २ करोड नेपाली रुपैयाँ मागेका थिए बालकलाई अपहरण गरि नेपालको भूमी हुँदै भारतको विहार राज्यको भैंसालोट क्षेत्रमा राखेको थियो । बब्लु निगमसँग २ करोड रुपैयाँको डिमाण्ड आएपछि नेपाल र भारतका संयुक्त प्रहरी टोलीले घटनाबारे अनुसन्धान गरिरहेको थियो बालक अपहरणपछि ईलाका प्रहरी कार्यालय बेलाटारी नवलपरासीले घटनामा संलग्न हुन सक्ने शंकाको आधारमा ठुठीबारीकै एक जना युवकलाई नियन्त्रणमा लिएको थियो बालकलाई अपहरण गरेका ३ जनाको समुहले शनिवार साँझ ५ बजे टंकी बजारमा २ करोड रुपैयाँ लिएर बालकका बुवा बब्लुलाई बोलाएका थिए व्यपारी बब्लुले अपकरणकारीलाई डिमाण्ड रकम दिने र बालक लिने क्रममा प्रहरी टोलीले अपहरणकारीलाई नियन्त्रण लिएको थियो पक्राउ परेका अपहरणकारीहरु मध्ये एक नेपाली र ३ जना भारतीय रहेको ठुठीबारी पुलिस स्टेशनले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?