ब्लू क्रश हस्पिटल र ग्लोबल आइएमई बैंकबीच सम्झौता

काठमाडौं । ब्लू क्रश हस्पिटल प्रा.ली. र ग्लोबल आइएमई बैंकबीच सम्झौता भएको छ ।

ब्लू क्रश हस्पिटलले बैंकका ग्राहकहरुलाई विभिन्न सुविधामा छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

ब्लू क्रश हस्पिटल प्रालीको तर्फबाट व्यवस्थापन समितिका सदस्य सचिव रजत कृष्ण श्रेष्ठ तथा ग्लोबल आइएमई बैंकको तर्फबाट व्यवसाय प्रवद्धन प्रमुख शान्ता शिवाकोटीले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले ब्लू क्रश हस्पिटल, त्रिपुरेश्वरमा उपचार गराउँदा छुट पाउने भएका छन् । बैैंकका ग्राहक कर्मचारीले डेबिट, क्रेडिट प्रिभिलेज कार्ड लिएमा विशेष छुट पाउने व्यबस्था रहेको सम्झौतापत्रमा उल्लेख भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?