निरन्तर बढ्दै सुनको मुल्य, हेर्नुहोस् आजको बजारभाउ

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मुल्य बृद्धि भएको छ । बुधवार प्रतितोला छापावाला सुनको मुल्य ७१ हजार ४ सय रहेको थियो । तर आज तोलामा ६ सयले बृद्धि भइ ७२ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मुल्य ७१ हजार ७ सय रहेको छ ।

साथै आज चाँदीको मुल्यमा पनि बृद्दि भएको छ । बुधबार प्रतितोला चाँदीको मुल्य ८ सय ५० रहेको थियो । आज तोलामा १० रुपैयाँले बृद्धि भइ ८ सय ६० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?