उपचारका क्रममा बिरामीको मृत्यु भएपछि तनावग्रस्त ओम अस्पताल बन्द

काठमाडौं, २९ भदौ ।उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उनका आफन्त आन्दोलनमा उत्रँदा बुधबारदेखि ओम अस्पताल तनावग्रस्त बनेको छ । गत शनिबार अस्पताल भर्ना भएकी बुटवलकी ४० वर्षीया कमला भट्टराईको मृत्यु हुनुमा चिकित्सकको लापरवाही भएको भन्दै मृतकका आफन्त आन्दोलनमा उत्रिएका हुन ।ओम अस्पतालमा नाकको कुर्कुरे हाडको शल्यक्रिया गरेकि भट्टराईको नाकबाट रगत बगिरहने, लगातार बान्ता हुने र पिसाब रोकिने समस्या देखिएको मृतकका आफन्तले बताए ।ओम हस्पितल एण्ड रिसर्च सेन्टरका प्रसासन प्रमुख प्याकुरेलले विज्ञप्ति जारी गरी बिरामी कमला भट्टराईको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै आज २ बजे पीडित र अस्पताल प्रशासनपक्षबीच वार्ता आह्वान गरेका छन । साथै विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्म बहिरंग सेवा बन्द गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?