कृषि बिकास बैंककाे नाफा ६० करोड

काठमाडौं । कृषि बिकास बैंक लिमिटेडले ६० करोड ७३ लाख ४३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको मुनाफा ५५ करोड १४ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।

बैंकले चालु आवको पहिलो त्रैमासिक अवधिमा एक खर्ब २३ अर्ब ५४ करोड ६७ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ११ अर्ब ४६ करोड ५७ लाख ३८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

सो अवधिमा एक अर्ब ६६ करोड ५१ लाख ९५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । भने बैंकको बितरणयोग्य नाफा २६ करोड १७ लाख ९५ हजार रुपैयाँ रहेको छ भने निष्कृय कर्जाको अनुपात तीन दसमलव ७० प्रतिशत रहेको छ । साथै कुल चुक्ता पुंजी १ अर्ब ४४ कारोड ८२ लाख ४१ हजार रुपैयाँ रहेको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा एक खर्ब १९ अर्ब ७६ करोड ३४ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० अर्ब ७९ करोड ७१ लाख ९१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?