सीके राउत नेतृत्वको जनमत पार्टीले गाउँपालिकाबाट अध्यक्षमा उम्मेदवारी

काठमाडौँ । आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सीके राउत नेतृत्वको जनमत पार्टीले महोत्तरीको पिपरा गाउँपालिकाबाट अध्यक्षमा उम्मेदवारी दिएको छ ।

जनमत पार्टीबाट अञ्जलीदेवी मण्डलले उम्मेदवारी दिनुभएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले उम्मेदवारी दिएको पुष्टि गर्नुहुँदै लाउडस्पिकर (हर्न) छाप लिएर चुनाव लडेको बताउनुभयो ।

सर्लाहीको हरिपुर्वा नगरपालिका १ को वडाअध्यक्ष पदमा पनि उम्मेदवारी दिएको उक्त पार्टीले जनाएको छ । त्यहाँ दिनेश राय यादवले उम्मेदवारी दर्ता गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?