विश्वमा पहिलो पटक यौनसम्पर्कबाट डेंगुको संक्रमण !

काठमाडौं । विश्वमा पहिलोपटक शारीरिक सम्पर्कबाट डेंगु सरेको पत्ता लागेको छ। स्पेनका ४१ वर्षीय एक मानिसमा यौनसम्पर्कबाट डेंगु सरेको डेलिमेल युकेले बताएको छ।

लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगु, यौनसम्पर्कबाट सरेको यो पहिलो घटना हो । उक्त घटनाबाट डाक्टरहरु नै चकित भएका छन्।

ती पुरुषलाई क्युबा भ्रमणमा गएका बेला आफ्नो पुरुष पार्टनरसँगको शारीरिक सम्पर्कपछि डेंगु देखिएको थियो। मड्रिडकी जनस्वास्थ्य अधिकारी जिमिनेजले सो कुराको पुष्टि गरेकी हुन्।

उनीहरुको शुक्राणु परीक्षण गर्दा डेंगु सेप्टेम्बरमा पुष्टि भएको थियो।
जिमिनेज भन्छिन् ‘साउथ कोरियामा पनि एक महिला र एक पुरुषबिच यौनसम्पर्कबाट डेंगु संक्रमण भएको हुन सक्ने भन्ने कुरा एक लेखमा लेखिएको थियो।’ एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?