पहिलो पटक एनसेलले ल्यायो ‘अल नेटर्वक भ्वाइस प्याक’, यसरी प्रयोग गर्नुहोस्

काठमाडौं । नेपालको पहिलो निजि क्षेत्रबाट सञ्चालित दुरसेवा कम्पनी एनसेलले आफ्ना प्रयोगकर्ताहरुलाइ नयाँ सुविधा ल्याएको छ । कम्पनीले आफ्ना प्रीपेड ग्राहकहरुका लागी सस्तो दरमा सेवा दिनको लागी ‘अल नेटर्वक भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको हो । यस सेवा अन्तर्गत प्रत्येक एनसेल ग्राहकहरुले नेपालको जुनसुकै स्थानमा तथा जुनसुकै नेटवर्कमा कल गर्दा करबाहेक १ रुपैयाँभन्दा कम पैसा लाग्दछ । यो योजना बाहेक प्रयोगकर्ताहरुले अन्य नेटवर्कमा कल गर्दा १ रुपैयाँ ९९ पेसा लाग्ने गर्दछ ।

कम्पनीले ग्राकहको सुविधाको लागी ल्याएको यो प्याक योजना अन्तर्गत २० मिनेटको अल नेटवर्क टक टाइम (देशका अन्य कुनै पनि टेलिकम सेवा प्रदायकको नेटवर्कमा कल गर्न मिल्ने) कर बाहेक २० (कर सहित रु २५.५४) रुपैयाँमा लिन सक्छन् । साथै यसरी देश भित्रको अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याईएको यो पहिलो पटक हो ।

एनसेलका ग्राहकले एष्ट्रिक्स १७११८एष्ट्रिक्स ७ ह्यास (*17118*7#) डायल गरि यो प्याक योजना सुचारु गर्न सक्नेछन् साथै यो प्याकले ग्राकहलाई थप मुल्य प्रदान गर्ने र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा सम्पर्क गरि कम पैसामा धेरै समय बोल्नका लागी यो सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ । साथै कम्पनीले कार्तिक २६ गते मंगलबारदेखी यो योजना लागु गरेको हो । यो अफर माघ २६ गते सम्म संचालनमा रहने छ । प्याक सुचारु गरेको २४ घण्टाका लागि मात्र यो नियम मान्य हुनेपनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?