नेपाली मूलकी युवतीले पारिन् ‘मिस मेरिल्यान्ड युएसए’ ताज

काठमाडौं । ‘मिस मेरिल्यान्ड युएसए’मा ९३ अमेरिकी युवतीलाई उछिन्दै नेपाली मूलकी युवतीले प्रतियोगिताको रनर अपको ताज जितेकी छन्। यसपटक सुजिता बस्नेतले अन्य ९५ अमेरिकन युवतीलाई पछि पार्दै ताज हात परेकी हुन् ।

पहिलो मिस नेपाल-अमेरिका सुजिताले उक्त ताज पहिरिन सफल भएकी छन् । सुजिता मिस युएससएको फ्रेन्चाइजमा पहिलोपटक उच्च तहको टाइटल जित्ने नेपाली मूलकी युवती बन्न पुगेकी छन्।

यस्तै उनले पिपुल च्वाइस अवार्डसमेत हात पारेकी छन्। मिस मेरिल्यान्ठ युएसए प्रतियोगिता सन् १९५२ देखि हरेक वर्ष आयोजना हुने गरेको छ। मिस युएसएका लागि प्रतिस्पर्धी छनोट गर्न मिस मेरिल्यान्ड युएसए आयोजना गर्ने गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?