९ चैत्र २०७९, बिहीवार

बालबालिकाको समग्र विकासका लागि कानून

२०७४,भाद्र,२९,बिहीवार १०:०६

0
Shares

काठमाडौँ, २९ भदौ ।महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले बालबालिकाको समग्र विकासका लागि जतिसक्दो चाँडो कानून ल्याउने तयारी भइरहेको बताएकि छन ।राष्ट्रिय बाल दिवस–२०७४ का अवसरमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिद्वारा आज आयोजित कार्यक्रममा मन्त्री कोइरालाले ऐनको मस्यौदा तयार गरी सम्बन्धित मन्त्रालयमा छलफल अगाडि बढाइएको र त्यसलाई छिट्टै संसद्मा पठाइने जानकारी दिईन ।मन्त्री कोइरालाले बाल विवाहलगायत बालबालिकामाथि हुने सबै प्रकारका कुरीति तथा विभेद अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयनका साथै सचेतना आवश्यक भएको बताईन ।महिला, बालबालिका तथा समाजकल्याण समितिका सभापति रञ्जु कुमारी झाले समाज कल्याण परिषद्मा सुधार गर्न नयाँ ऐन ल्याउन जरुरी भएको बताईन ।कार्यक्रममा जिल्ला बालकल्याण समितिमा कार्यरत केबी राना मगर (बाग्लुङ), कैलाश ठाकुृर (नवलपरासी), मेघराज भट्ट (प्यूठान), रामनाथ भट्टराई (तनहुँ), पार्वती अधिकारी (धादिङ), बद्रीप्रसाद लम्साल (मकवानपुर), रामप्रसाद सुवेदी (कञ्चनपुर), लालबहादुर ओली (बाजुरा), प्रकाश अधिकारी (इलाम), लुमनाथ लामिछाने (गोरखा), भोलानाथ योगी (दाङ), रामबहादुर हायु (सिन्धुली) र शेरसिंह खड्का (कैलाली)लाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको राशि जनही रु २० हजार रहेको छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२९,बिहीवार १०:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौं । दक्षिण कोरियाकी बालिका बोराम त्यहाँकी लोकप्रिय युट्युबर हुन् । ६ वर्षिया बालिका बोराम आफ्ना भिडियो ‘बोराम ट्युब ट्वाइज

काठमाडौं । नयाँ अपराध संहिताले जस्तो सुकै अपराधमा संलग्न १० वर्षमुनको बालबालिकालाई सजाय नहुने ब्यवस्था गरेको छ । बालबालिकालाई कानुनी

काठमाडौँ । सरकारले सडक बालबालिका उद्धार अभियान शुरु गरेसँगै आजकाल राजधानीका सडकमा सडक बालबालिका त्यति भेटिँदैन । महिला, बालबालिका तथा

काठमाडौं । गएको आइतबारदेखि शुरु भएको ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ एकल प्रतियोगिता शनिबार मण्डिखाटार टेनिस कोर्टमा

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००